arrow

आठ सय २५ नेतालाई सांसद बनाउँदै गरेको महत्वपूर्ण साता, कसको भविष्य कस्तो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक फल : यो साता नेपालको राजनीतिका लागि निकै महत्वपूर्ण साता हो । त्यतिमात्र हैन उम्मेदवारहरुका लागि पनि आगामी पाँच वर्षको भविष्य निर्धारण गर्ने भएकाले पनि निकै महत्वपूर्ण रहेको हो । कुन राशि भएका नेताहरुको भविष्य कस्तो होला त ? प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ तथा समानुपातिकतर्फ ११० उम्मेदवारको भविष्य निर्धारण हुनेछ । त्यस्तै प्रदेशमा प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० जनाको भविष्य निर्धारण हुनेछ । यसो भन्छ ज्योतिषशास्त्र ।

साप्ताहिक राशिफल :

मेष : यो साता शुभकार्यको चर्चा खूब चल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । साताको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुहोला । वैदेशिक कार्यमा सुख मिल्नेछ । यो साताको चार दिनको अवधिमा तपाइँले राम्रै उपलब्धि हात पार्नु हुनेछ । सामाजिक प्रतिष्ठा मिल्ने छ । स्वास्थ्यमा भने सामान्य समस्या आउने र खर्च बढी भए पनि मन प्रफूलित हुनेछ । पढाई लेखाईमा पनि रुची बढ्नेछ । शुक्रबार र शनिबार व्यापार व्यावसायमा घाटा देखिन्छ । साताका अन्तिम दुई दिन यात्राको योग छ । छोटो दूरीको यात्रा फलदायी रहने देखिन्छ । भेटघाटले उन्नतिको मार्ग पहिल्याउन सहज बनाउनेछ । दापत्य जीवन पनि सुखमय रहनेछ । ठूलाबडाको संगतले भविष्यमा आइलाग्ने समस्या पहिचान गर्न सकिनेछ । सरकारी तथा निजी क्षेत्रमा पुनः प्रयत्न गरे अवसर हात लाग्न सक्छ । व्यवसायमा गरिएको लगानीले पिरोल्ने सम्भावना छ । बुधबार मुद्दा मामिला तपाइँका पक्षमा आउने योग देखिन्छ । तपाईंलाई यो हप्ता स्वास्थ्यमा अवश्य सुधार आउनेछ । आम्दानीका नयाँ उपाय भेटिने, जे काम गर्न खोज्नु भएको छ यो हप्ता सफल हुनेछन् । पूर्व, पूर्व दक्षिणतर्फका काममा ज्यादा सफलता पाउनुहुनेछ । सोम, मंगल, बिहीबार विशेष खराब छन् जे काम गर्नु छ आज आइतबार, बुधबार र शुक्रबार पारेर शुरु गर्नुहोला । यो हप्ता शैक्षिक क्षेत्रमा गरेको लगानीले उच्च लाभ मिल्नेछ । मेष राशि भएका व्यक्तिहरुका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् ।

वृष : यो साता जोखिमपूर्ण चुनौतीको सामना गर्नुपर्ने योग छ । बोलीमा ध्यान दिनुहोला । साताको पहिलो दिन तपाईको राम्रो देखिँदैन । राजनैतिक कार्यमा बाधा आउनेछ । मनमा चञ्चलता । अचल सम्पत्तिको कारोबार गर्दा शुभ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, त्यसपछि अध्ययनमा पनि सुधार आउनेछ । पारिवारिक साथ र सहयोग मिल्नेछ । सोमबार र मंगलबार तपाइँका लागि मध्यम देखिन्छ । ईष्या गर्नेहरूलाई पुरुषार्थी काम गरेर देखाउन सकिनेछ । अफ्ठ्यारो परिस्थितिसँग सम्झैता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । खर्च भए पनि फाइदाजनक काममा लगानी गर्ने अवसर जुट्नेछ । बुधबार र बिहीबार सवैभन्दा राम्रो छ । मिष्ठान भोजनको अवसर मिल्नेछ । वैदेशिक यात्रा सुख रहने देखिन्छ । आफन्तको राम्रै साथ सहयोग मिल्नेछ । आटेको काम बन्ने, मनले चिताएको पूरा होला । शुक्रबार व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ला । अनावश्यक खर्च बढ्न सक्छ, अरुको कुरामा चाडो विश्वास नगर्दा राम्रो हुनेछ । तपाईंको मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था यो हप्ता पनि रहनेछ । आज आइतबार र भोलि सोमबार जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ । भोलि शुक्रबार र आगामी बुधबारको समय शुभ रहनेछ । वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । मंगलबार गणेशजी, शनिबार भैरवजी र सोमबार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । साथै उदाउँदो सूर्यलाई अघ्र्य दिई शिवजीलाई जल चढाउनाले पनि ग्रहबाधा कम हुनेछ ।

मिथुन : पारिवारिक कलहको सम्भावना छ, तपाइँ शान्त रहनु बुद्धिमानी हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ । यो साता तपाईका लागि औसत रहनेछ । चुनौतीको सामना गर्दा प्रतिफल हात लाग्ला । आजको दिन शुभ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइँका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । नयाँ काममा लगानी गर्दा अभिभावकको सुझाव तथा सहयोगको आवश्यकता पर्नेछ । चियोचर्चा गर्नेहरूसंग सावधान रहनुहोला । प्रेमी–प्रेमिकासँगको सम्बन्ध निराशामा परिणत हुने सम्भावना पनि देखिन्छ । आइतबार र सोमबार रमाईलो भेटघाट हुने तथा स्वादिष्ट भोजनको अवसर जुर्न सक्नेछ । त्यसपछिका दुई दिन पुनः तपाईको पक्षमा आउनेछन् । व्यापारमा लगानी गर्दा राम्रो होला । नयाँ योजना बुन्नुहोला । पारिवारिक र प्रेम सम्बन्धमा सुमधुरता रहनेछ । साताको अन्तिम दिन स्वास्थ्यमा सामान्य गडबढी आउने र अनावश्यक खर्च बढ्नेछ । झैझगडा तथा विवाद निम्तिन सक्नेछ । पहिलो दुई दिन राम्रो छ भने त्यसपछिका दुई दिन मंगल र बुधबार राम्रो देखिँदैन । विहीबार र शुक्रबार फेरि राम्रो भए पनि शनिबार शुभ छैन । यस्तै, सोमबार पानीमा डुब्ने डर रहेकोछ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ । आइतबारदेखि समय सुध्रिएर आउने देखिएको छ । मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । तपाइँले प्रत्येक दिन आफ्नो इष्टदेवको पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रतिकूल समयमा शनिको मन्त्रजप गर्नुहोला ।

कर्कट : यो साता तपाईका लागि त्यति राम्रो देखिँदैन । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाट टाढा रहनुहोला । मनमा चिन्ता, यात्रामा बाधा, अडचन आउने, महत्वपूर्ण अवसर गुम्न सम्भावना देखिन्छ । आफ्नैबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला । पहेंलो रंगलाई प्राथमिकता दिए मनमा उत्साह सञ्चार हुन सक्छ । ईष्टमित्र तथा आफन्तकै विश्वास गुमाउने खतरा छ । अदालती निर्णयहरु तपाईकै पक्षमा आउँने देखिँदैन । शत्रुपक्ष बलियो हुने देखिन्छ । तपाइको मनोबल पनि गिर्नेछ । अन्य दिनको तुलनामा बुधबार र बिहीबार भने तपाईका लागि समय राम्रो देखिन्छ । लामो समयदेखि रोकिएको कामको गाँठो स्वतः फुक्नेछ । रचनात्मक कामले हितैषीहरूको मनमा प्रभाव पार्नेछ । केही खुशीका क्षणहरु आउने छन् । साताका अन्तिम दुई दिन पनि तपाईका लागि राम्रो देखिँदैन । स्वास्थ्यमा पनि सुधार आउँला । अध्ययनमा रुची जाग्ने, व्यापार व्यावसायमा तपाईले सोचेजस्तो नभए पनि औसत रहने छ । पारिवारिक समस्या देखिनेछ, अरुको बोलीमा विश्वास नगर्नुहोला । झुठा आरोप आइलाग्न सक्छन् । सवारी चलाउँदा चोटपटक तथा दुर्घटना हुन सक्छ, सचेत रहनुहोला । यस्तै, एक्कासी आम्दानी बढ्ने काम भेटिने छ । जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ । जलखेती किन्न मन भए सोमबार पारेर किन्नु होला । पुराना इष्टमित्र, मान्य व्यक्तिसंगको भेट उपलब्धिमूलक नै रहनेछ । यो हप्ता जे–जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ । तर मंगलबार र बुधबारको समय खराब भएकाले टाढाको यात्रा नगर्नुहोला । कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । तपाइँले सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र शाकाहारी भोजन ग्रहण गर्नुहोला । बुधबार परेवालाई चारो र असहायलाई सहयोग गर्नाले पनि तपाइँको भाग्यमा वृद्धि हुने र मनोकांक्षा पनि पूरा हुनेछ ।

सिंह : यो साता प्रेम सम्बन्ध कसिलो हुने, आँटेका काममा सफलता मिल्नेछ । बोलीमा प्रभाव, अध्ययन अध्यापनमा पनि रुची बढ्ने छ । धार्मिक कुरामा बढी रुची रहनेछ । साताको शुरुदेखि बुधबारसम्म तपाईले नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्यबाट सफलता मिल्नेछ । छोटो दूरीको यात्राको योग छ । साहित्य तथा संगीत क्षेत्रमा रुची, अध्यात्म तथा धार्मिक क्षेत्रमा चासो बढी देखिनेछ । प्रेम सम्बन्धमा भने विभिन्न शंका उपशंका उब्जिनेछन्, सचेत बन्नुहोला । बिहीबार र शुक्रबार दुई दिन तपाइँका लागि त्यति साम्रो समय देखिँदैन । काममा व्यवधान आउँदा, मनामा शंका उब्जिेनेछन् । स्वास्थ्यमा सामान्य गडबढी आउन सक्ने छ । साताको अन्तिम दिन भने तपाइँको राम्रो समय रहेको छ । पारिवारिक सम्बन्ध मजबुत देखिनेछ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फल प्राप्ति अवश्य हुनेछ । तपाईंका लागि यो हप्ता स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसंग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने हप्ता छ । घरमा बिहीबारका दिन कसैबाट षड्यन्त्र हुन सक्छ । तपाइँको आमदानी अर्कैले खाइदिने योग समेत बलियो छ । टाढाको यात्रामा सतर्क रहनु अत्यन्त जरुरी छ भने आइतबार शुभ रहेको छ । सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । राहु तथा केतु ग्रहको नकारात्मक प्रभावबाट बच्न र वृहस्पति ग्रहको दोष शान्त पार्न शिव भगवानको पूजा गर्नुहोला ।

कन्या : यो सातामा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनीतिक कार्यमा बाधा आउनेछ । साताको अन्त्य तपाईका लागि राम्रो देखिदैन । साताको शुरु दाम्पत्य जीवन सुखमय रहने, मनमा शान्ति छाउनेछ । सोमबारदेखि शुक्रबारसम्म रोकिएका कामहरु बन्ने सम्भावना देखिन्छ । बोलीमा प्रभाव रहने छ । आफन्तबाट पनि सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । गरिरहेका कामबाट सन्तुष्टि मिल्नेछ । यात्रा पनि फलदायी बन्नेछ । घरायसी सुख सुविधाले तपाईलाई प्रफूल्लित बनाउने छ । आर्थिक क्षेत्रमा सफलता मिल्ने योग । तर महिला साथीबाट धोका हुने, आलोचना गर्नेहरूले स–साना त्रुटि औंल्याइदिँदा आफू अझ उचाइमा पुगिनेछ । यो सातामा सूर्यको आराधनाले भयमुक्त हुन सहयोग पुर्याउनेछ । बाहिरी खानपान एवं भोजभतेरमा संयम अपनाउनुपर्नेछ । अरु दिन भने तपाईका लागि मध्ययम रहनेछन् । साताको अन्तिम दिन खर्चको योग बढी देखिन्छ । अविश्वासको वातावरण बन्नेछ । कुनै आरोपसमेत लाग्नेछ । तपाईले गरेको मेहनतको प्रतिफल अर्कैका लागि हुने देखिन्छ । पारिवारिक खटपटको अवस्थासमेत सिर्जना हुने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला । यस्तै, लाभका अवसर हात पर्ने योग छ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । बिरामी हुनुहुन्छ भने यो हप्ताबाट स्वास्थ्यमा सुधार आउनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । यश, प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुन पाइनेछ । घर परिवारमा विशेष परिवर्तन आउनेछ । विवादित मुद्दा भए आफ्नो जीत हुनेछ । सोमबार विशेष सतर्क हुनुहोला । कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । यो राशि भएका व्यक्तिले हरियो कपडा लगाउदा राम्रो हुनेछ ।

तुला : यो साता तपाईका लागि औसत रहने छ । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । टाढा रहेका साथीहरूसँग बिग्रिएको सम्बन्ध पुनः स्थापित हुनेछ । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धिसँगै वैदेशिक रोजगारीको अवसर जुर्नेछ । सामाजिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ । बहुमूल्य धातु तथा विलासिताका साधन खरिद गर्दा होसियारी अपनाउनुपर्नेछ । सरोकारका विषयमा सपरिवार संलग्न भइनेछ । पठनपाठनमा मन जानेछ । यात्रा रमाइलो हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले प्रफुल्लित हुनुहुनेछ । सातको अन्तिम दिन विवाद तथा आरोप आइलाग्न सक्छ । आश्वासन बाढ्नेहरु बढी आउनेछन् । सबैभन्दा उत्तम दिन बिहीबार हुनेछ भने सबैभन्दा नराम्रो दिन शनिबार छ । शनि देवको पूजाविधि अपनाउनुहोला । बिहीबार उत्तम दिन भएको हुँदा शुभ कार्यमा हात हाल्दा राम्रो सोमबारबाट थालनी गरेपछि नराम्रो देखिँदैन । बाहिर खानु अघि विचार गर्नुहोला किनकी स्वास्थ्यमा समस्या आउन सक्छ । जग्गा खरिद विक्रीका लागि शुभ हुनेछ । मनमा प्रशन्नता भए पनि पारिवारिक कलह हुनसक्छ । यो साताको पहिलो तीन दिन तुलनात्मकरुपमा राम्रो नदेखिए पनि त्यसपछिका चार दिन भने उत्तम रहनेछन् । नाम र दाम दुवै कमाउने योग छ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै रुची रहेपनि त्यो दीगो बन्नेछ । सिर्जनात्मक काममा हात हाल्नुहोला । माया प्रेममा सुमधुरता । व्यापार व्यावसायमा सन्तुष्टि प्राप्त हुने योगछ । यात्रा रमाइलो बन्नेछ । छोटो दूरीको यात्रा तय गर्दा राम्रो हुनेछ । सामाजिक सम्बन्धहरुमा सामिप्यता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । चाँडै अरुको विश्वास नगरिहाल्नुहोला । पारिवारिक साथ–सहयोग मिल्नेछ । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनु उत्तम हुनेछ । पहिलेदेखिको योजना कार्यान्वनयमा ढिलाइ गर्नाले पछि परिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ । यस्तै, आश्रित कर्मचारी, छोरा–छोरीसँग विवाद गर्नु हितमा छैन । व्यवसाय, व्यापारमा हानी, नोक्सानी बेहोर्नु पर्नेछ । कुनै न कुनै प्रकारको रोगले दुःख दिने सम्भावना पनि त्यत्तिकै छ । तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । तपाइँले नीलो रंगको कपडा लगाउँदा मनमा शान्ति छाउनेछ ।

वृश्चिक : यो साता तपाईको मध्यम छ । आँटेको र ताकेको कार्य पूरा हुने बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्ने, पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । बुधबार र बिहीबार तपाईका लागि राम्रो देखिन्छ । तपाइले चालेका योजनामा क्रमिश सुधार आएको आभास हुनेछ । शुक्रबारको दिन पनि सन्तोषजनक नै बित्नेछ । शनिबार सबैभन्दा उत्तम दिन छ । प्रतिस्पर्धीलाई उछिन्दै विशेष अवसर हात पार्न सकिनेछ । रमाइलो जमघटमा सहभागी हुने अवसर प्राप्त होला । मन खिन्न रहे पनि पुनः उत्साह जाग्नेछ । अधिकार प्राप्तिका अथक प्रयास गर्नुपर्ने छ । प्रेम र मित्रताको बन्धन कसिन पनि सक्नेछ । जीवनशैलीमा परिवर्तन ल्याउन थप मेहनतको खाँचो छ । साताको शुरु र अन्त्य तपाईका लागि शुभ रहने छ । प्रेम तथा मित्रताको बन्धन कसिलो बन्नेछ । दाम्पत्य जीवन सुखमय देखिन्छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । स्वास्थ्यमा गडबढी आउने देखिन्छ । तपाईको मेहनतको प्रतिफल अरुले नै लिने योग देखिन्छ । गरेको कार्य असफल हुनेछ । पेट रोगले सताउनेछ, खानपिनमा ध्यान दिनु जरुरी छ । मन चञ्चल रहने हुनाले जुनसुकै काममा पनि सतर्क हुनुहोला । चिन्तापर्ने समाचार पनि सुन्नुपर्ने हुनसक्छ । वायु रोगको शिकार हुन सक्ने, मन परेको खानामा पनि गडबढी हुन सक्नेछ । टाढाको यात्रा समेत सुरक्षित नहुने देखिएको छ । वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । मन शान्त राख्नका लागि रातो रंगको कपडा लगाउदा राम्रो हुनेछ ।

धनु : यो साता बोलीमा प्रभाव रहने भएकाले केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । धार्मिक यात्राको योग छ । मित्रजनको साथ मिल्ने छ । मन प्रफुल्लित, नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । जतिसुकै सहयोग गरे पनि आफन्तहरूले तपाईंको आलोचना भइरहनेछ । जोडी नम्बरको सवारी साधन तथा रातो रंगको पहिरनले यात्रा सहज बनाउने देखिन्छ । साताको शुरु र अन्त्यको दिन तपाइँका लागि मध्यम देखिन्छ । सोमबार स्वास्थ्यमा गडबढी देखिएला । शुरु गरेका कामहरु सम्पादन गर्न समय लाग्नेछ, ज्यानमा आलस्यता उब्जिने छ । सहयोग भन्दा पनि आश्वासन बढी पाइएला । गोप्य कुराहरु आफन्तलाई पनि नसुनाउँदा राम्रो हुनेछ । मंगलबार र बुधबार राजनीतिमा रुची जाग्नेछ । बिहीबार अध्ययनमा रुची बढ्ने छ । शुक्रबारको दिन पनि सुखद रहनेछ । जमघटको अवसर जुट्ने, मन प्रशन्न हुनेछ । कृषि तथा व्यापारमा पनि सन्तुष्टि मिल्ने छ । सम्मान पाउने योग छ । मनमा चञ्चलता पैदा हुने देखिन्छ । समग्रमा यो साता रमाइलोका साथ बित्ने देखिन्छ । शत्रुमाथि आफ्नो जीत हुनेछ । समय शुभ रहेको हुनाले सही उपयोग गरेमा महत्वपूर्ण उपलव्धि हात लाग्नेछ । आफन्तसंग भेटघाटको पनि अवसर मिल्नेछ । गरेको कार्यले सही बाटो लिनाले आर्थिक वृद्धि हुनेछ । समय शुभ रहेकोले सही उपयोग गर्नुहोला । धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । प्रत्येक शनिबार पीपलमा जल चढाउन सके शनिग्रह शान्त हुनेछन् । पहेंलो रंगको कपडा लगाउदा शुभ हुनेछ ।

मकर : यो साता बोलीमा प्रभाव रहने भएकाले केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । धार्मिक यात्राको योग छ । मित्रजनको साथ मिल्ने छ । मन प्रफुल्लित, नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । जतिसुकै सहयोग गरे पनि आफन्तहरूले तपाईंको आलोचना भइरहनेछ । जोडी नम्बरको सवारी साधन तथा रातो रंगको पहिरनले यात्रा सहज बनाउने देखिन्छ । साताको शुरु र अन्त्यको दिन तपाइँका लागि मध्यम देखिन्छ । सोमबार स्वास्थ्यमा गडबढी देखिएला । शुरु गरेका कामहरु सम्पादन गर्न समय लाग्नेछ, ज्यानमा आलस्यता उब्जिने छ । सहयोग भन्दा पनि आश्वासन बढी पाइएला । गोप्य कुराहरु आफन्तलाई पनि नसुनाउँदा राम्रो हुनेछ । मंगलबार र बुधबार राजनीतिमा रुची जाग्नेछ । बिहीबार अध्ययनमा रुची बढ्ने छ । शुक्रबारको दिन पनि सुखद रहनेछ । जमघटको अवसर जुट्ने, मन प्रशन्न हुनेछ । कृषि तथा व्यापारमा पनि सन्तुष्टि मिल्ने छ । सम्मान पाउने योग छ । मनमा चञ्चलता पैदा हुने देखिन्छ । समग्रमा यो साता रमाइलोका साथ बित्ने देखिन्छ । यस्तै, आम्दानी भन्दा खर्चमा वृद्धि हुनेछ । आफन्तबाट विरोध हुनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा पनि बाधा हुनेछ । धार्मिक क्षेत्रमा विरोध आउनेछ । मन तनावपूर्ण रहने हुनाले सतर्क हुनुहोला । धनमाल चोरी वा हराउन सक्नेछ । आइतबारदेखि गरेको कामबाट अपजस आइलाग्नेछ । समग्रमा समय खराब रहेकोले सचेत भई कार्य गर्नुहोला । मकर राशि भएका व्यक्तिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । आफ्नो मन शान्त राख्नका लागि कालो रंगको कपडा लगाउनुहोला ।

कुम्भ : यो सातामा अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पूरा होला । यात्रामा भने सावधानी अपनाउनु होला । बोलीको प्रभाव पनि बढ्नेछ । समाजसेवा तथा राजनीतिमा बढी रुचि जाग्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आयका स्रोतहरु बढ्ने देखिन्छ । लामो तथा छोटो दूरीको यात्रामा समय खर्चनुपर्नेछ । घरेलु काममा अलमलिँदा महत्वपूर्ण कार्य ओझेलमा पर्न पनि सक्छ । अनुसन्धानात्मक क्षेत्रमा बढी रुची जाग्नेछ । बिहीबारको दिन राम्रो देखिदैन, मनमा अनेक तर्क वितर्कको अन्तर्संघर्ष देखिनेछ । जबर्जस्ती कामहरु थाल्नुभयो भने बीचमै रोकिनेछन् । शुक्रबार र शनिबार भने सुखद् देखिन्छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । मान, प्रतिष्ठा र ईज्जत कमाउनुहुनेछ । प्रेम सम्बन्धमा पनि सुधार आउने छ । यो सातामा अनावश्यक खर्च भने बढ्ने देखिन्छ । वैदेशिक यात्राको अवसर मिल्नेछ । अनुभव नभएको व्यवसायमा ठूलो लगानी गर्दा नोक्सान हुन सक्छ । साताको अन्त्यमा शुभ तथा मांगलिक कार्यमा धन खर्च हुन सक्छ । मौनता अपनाउनु राम्रो हुनेछ । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । आफन्त व्यक्तिसँग विवाद तथा झगडाको संभावना बलियो छ, कमै बोल्नु राम्रो हुनेछ । मन चञ्चल, निकट ठाउँको यात्रा, आफूले गर्न खोजेका काममा विघ्नबाधा देखापर्नेछन् । कम्मर दुख्ने, खानामा गडबडी, यात्रामा कसैले विषालु वस्तु सुँघाउन सक्ने, कुनै चिन्ता थप्ने समाचार सुन्नुपर्ला जस्तो पनि छ । समय खराब रहेकाले काममा सतर्क हुनुहोला । कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । तपाइँले हनुमान चालिसाको पाठ, शिवजीको दर्शन, पीपलको पूजा गर्नाले ग्रह पीडा कम हुनेछ ।

मीन : तपाईंका लागि यो हप्ता स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसंग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने हप्ता छ । घरमा बिहीबारका दिन कसैबाट षड्यन्त्र हुन सक्छ । तपाइँको आमदानी अर्कैले खाइदिने योग समेत बलियो छ । टाढाको यात्रामा सतर्क रहनु अत्यन्त जरुरी छ भने आइतबार शुभ रहेको छ । दापत्य जीवन पनि सुखमय रहनेछ । ठूलाबडाको संगतले भविष्यमा आइलाग्ने समस्या पहिचान गर्न सकिनेछ । सरकारी तथा निजी क्षेत्रमा पुनः प्रयत्न गरे अवसर हात लाग्न सक्छ । व्यवसायमा गरिएको लगानीले पिरोल्ने सम्भावना छ । बुधबार मुद्दा मामिला तपाइँका पक्षमा आउने योग देखिन्छ । व्यर्थ मानसिक तनावबाट मुक्त हुन पनि कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रुपमा यो हप्ता कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने सम्भावना बलियो छ । बुधबार जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ । साताको अन्तिम दिन भने तपाइँको राम्रो समय रहेको छ । पारिवारिक सम्बन्ध मजबुत देखिनेछ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फल प्राप्ति अवश्य हुनेछ । समय मध्यम रहेकाले कडा परिश्रमबाट सोचेअनुसार लाभ पाइनेछ । मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । शनिवार महामृत्युञ्जयको जप गरेर र कुकुरलाई रोटी दिनाले पनि काममा सफलता मिल्नेछ । साथै घर वरिपरि केराको वृक्ष लगाउनाले पनि भाग्यमा वृद्धि हुनेछ । (नोटः यो राशिफल चन्द्रमाको दैनिक गति अनुसार लेखिएको हो । मनुष्यको जीवनलाई जन्मकुण्डलीमा भएका विभिन्न शुभ, अशुभ ग्रह र तिनीहरूका दशाले प्रभावित गर्दछ ।)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ