arrow

एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
uml-sun-logo-election.jpg

काठमाडौँ। देशभर प्रारम्भिक चुनावी मत परिणाम सार्वजनिक भइरहँदा एमालेका पाँच पदाधिकारी पछाडि देखिएका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ,सुरेन्द्र पाण्डे र विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल  पछाडि परेका छन्।

काठमाडौँ ५ बाट एमालेका पोखरेल काँग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन्। उपाध्यक्ष नेम्वाङ काङ्ग्रेसकै डम्बर खड्कासँग इलाम २ मा पछि छन्।

एमाले महासचिव पोखरेल दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्मा तथा उपाध्यक्ष पाण्डे चितवन १ मा काँग्रेसका विश्व पौडेलभन्दा पछाडि परेका छन्। उपाध्यक्ष पौडेल रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारभन्दा केही मतले पछि छन्। त्यहाँ भर्खर मतगणना सुरु भएको हो।

झापा ५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी ओलीको मत परिणाम सार्वजनिक भइसकेको छैन। सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्यालको क्षेत्रमा मतगणना सुरु भएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ