arrow

मोरङ ३ मा प्रत्यक्षभन्दा अगाडि समानुपातिकको गणना, ६ मा शेखरको अग्रता, ४ मा मोदी

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ मंसिर ५ सोमबार
vote-count-morang-2079.jpg

मोरङ । मोरङको क्षेत्र नं ४ को मगणनामा नेकपा माओवादी केन्द्रका अमनललाल मोदीले अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको २१४० मतमा मोदीले ११४७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार विनोद ढकालको ६२९ मत छ । अहिले कटहरी ४ को एउटा केन्द्रका मतगणना सम्पन्न भएको छ ।

त्यस्तै मोरङ क्षेत्र नं ६ मा १३०० मत गणना हुँदा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अग्रता लिएका छन् । उनले ५६० मत ल्याउँदा एमालेका लालबाबु पण्डितले ४२६ मतमात्र बटुलेका छन् । 

यता मोरङ ३ मा भने प्रत्यक्षभन्दा अगाडि समानुपातिकको मत गनिँदै छ । दिउँसो १ बजेबाट मतगणना शुरू हुने भनिए पनि प्रतिनिधि आउन समय लागेका कारण २ बजेबाट गणना शुरू भएको हो । 

पहिलो चरणमा दलीय सहमति अनुसार समानुपातिकतर्फको गणना गरिएको छ । मतगणना संघ, प्रदेश (क) र (ख) गरी ३ ठाउँबाट शुरू गरिएको छ । मतगणना अहिले बेलबारी ३ को भगवती उच्च माविमा जारी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ