मकवानपुर। मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को हालसम्म दुई हजार तीन सय ८५ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ।
एमालेका उम्मेदवार महेश बर्तौलाले लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई २३ मतले पछि पार्दै अग्रता कायम गरेका हुन्। एमालेका बर्तौलाले आठ सय ४९ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार खतिवडाले आठ सय २६ मत प्राप्त गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले चार सय ६९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजन मैनालीले २७ मत प्राप्त गरेका छन्। जिल्लाको निर्वाचन क्षेत्र नं. १ र २ को मत हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माविमा गणना जारी भइरहेको छ।