arrow

रोल्पामा वर्षमान पुन अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-rolpa-maoist-uml.jpg

रोल्पा। आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत जारी मतगणनामा रोल्पाको प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन्। अहिलेसम्म एक हजार १६ मतगणना हुँदा पुनले छ सय ९० मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले दुई सय आठ मत प्राप्त गरेका छन्। प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन सिजलले अग्रता लिएका छन्। तीन सय एक मत गणना हुँदा स्वतन्त्र उम्मेदवार सिजलले एक सय ४४ मत ल्याएका छन्। गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका अमरसिंह पुनले ७९ र नेकपा एमालेका प्रेमबहादुर घर्ती मगरले ६८ मत पाएका छन्।

त्यस्तै प्रदेश कमा ६०५ गन्दा गठबन्धनका उम्मेदवार नेकपा माओवादीका जोगबहादुर महराले ३७० र एमालेका कमलबहादुर बुढाथोकीले १०६ मत पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ