arrow

नुवाकोट–२ मा गठबन्धनका उम्मेदवारको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
electon-nuwakot-2-congress-uml.jpg

त्रिशूली। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं. १ को मतगणना साँझ ६ बजेदेखि सुरु भएको छ। मतपेटिका सङ्कलन र रुजुमा भएको ढिलाइ तथा सर्वदलीय बैठकमा गणनासम्बन्धी सहमति जुटाउन देखिएको समस्याको कारण आज साँझ ६ बजेदेखि गणना सुरु भएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए। उनका अनुसार निर्वाचन अधिकृतको कार्यालय रहेको तादी गाउँपालिकाको कार्यालयको चार स्थानमा गणना थालिएको हो।

निर्वाचन क्षेत्र नं. २ र उक्त क्षेत्रको प्रदेश–१ मा जारी रहेको मतगणनामा सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले सुरुआत समयदेखिको अग्रता कायम रहेको छ।

एक हजार दुई सय मतगणना हुँदा प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी र एक हजार चार सय मत गणना हुँदा प्रदेश–१ तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गानाले अग्रता लिएका छन्।

प्रतिनिधिसभातर्फ काँग्रेसका उम्मेदवार केसीको छ सय पाँच, नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाको तीन सय २५ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन विक्रम पाण्डेको दुई सय तीन मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए।

उनका अनुसार उक्त क्षेत्रको प्रदेश–१ मा माओवादी केन्द्रका उम्मेदवार ढुङ्गानाले सात सय ७४ मत ल्याएर अग्रता कायमै राखेका छन्। एमालेका उम्मेदवार केशवराज पाण्डेको चार सय ३७ र उम्मेदवारी निष्क्रिय बनाए पनि काँग्रेसका गीता अमात्यले ८६ मत प्राप्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ