arrow

नवलपरासी– २ मा ध्रुवबहादुर प्रधान अगाडि, देवेन्द्रराज कँडेल पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
dhruba-bahadur-pradhan-2078.jpg
तस्बिर – फाइल ।

नवलपरासी । पश्चिम नवलपरासीको दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आउन शुरु भएको छ । निर्वाचन क्षेत्र नं २ मा राप्रपाका उपाध्यष ध्रुवबहादुर प्रधान अगाडि रहेका छन् । 

अहिलेसम्मका चुनावमा सफलता हासिल गर्न नसकेका प्रधानले यसपालि भने जितको आशा देखाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल दोस्रो स्थानमा छन् । 

दुई हजार सात सय ५० मत गन्दा राप्रपाका प्रधान एक हजार तीन सय ८९ मत र कँडेलले पाँच सय २७ मत प्राप्त गरेका छन् । 

त्यस्तै मतपरिणामअनुसार निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन् । दुई हजार दुई सय मत गन्दा चौधरीले आठ सय ५३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले छ सय ३२ मत प्राप्त गरेका छन् । 

चौधरी त्रिपाठीभन्दा दुई सय ८१ मतले अगाडि छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ