arrow

काठमाडौं १ मा भिडन्त रोमाञ्चकः प्रकाशमान र रवीन्द्रबीच २१ मतको अन्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-kathmandu-1-congress-rpp-uml.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा भिडन्त रोमाञ्चक बन्दै गएको छ । १५ हजार मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रवीन्द्र मिश्रबीच २१ मतको मतान्तर देखिएको छ । 

मिश्र २१ मतले अगाडि छन् । प्रकाशमानले ३ हजार ८५० मत प्राप्त गर्दा रवीन्द्रले ३ हजार ८७१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका किरण पौडेलले २ हजार २३१ मत ल्याएका छन् । 

यसअघि लामो समय प्रकाशमानले शुरुआती अग्रता लिएका थिए । त्यसपछि भने रवीन्द्रले अग्रता लिएका थिए । रवीन्द्रले दुई सय मतको अन्तर बनाए पनि अहिले भने अन्तर कम भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ