लमजुङमा एमालेका पृथ्वी सुब्बा गुरुङ ४२१ मतले अगाडि
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
662
Shares
लमजुङ। लमजुङमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले अग्रता कायम गरेका छन्। हालसम्म दूध पोखरी गाउँपालिका र क्व्होलासोंथर गाउँपालिकाको ४ हजार ८ सय ९८ मतगणना गर्दा एमालेका पृथ्वी सुब्बा गुरुङले २ हजार ५ सय ८ मत प्राप्त गरेका छन्।
गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङले २ हजार ८७ मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पृथ्वी सुब्बा गुरुङले ४ सय २१ मतले अग्रता कायम गरेका छन्।