arrow

बैतडी प्रतिनिधिसभामा एमालेका भण्डारीको सुरुवाती अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-baitadi-uml-maoist.jpg

बैतडी। बैतडी प्रतिनिधिसभा तर्फको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। १ हजार ६ सय ५२ मत गणना हुँदा नेकपा एमालेका दामोदर भण्डारीले ८ सय ८८ मत प्राप्त गरेका छन्। गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र कुवर (विजय सुन्दर)ले ५ सय ६५ मत प्राप्त गरेका छन्।

बैतडीको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। प्रदेश सभा (क) तर्फ स्वतन्त्र उम्मेदवार हरि मोहन भण्डारीले अग्रता कायम गरेका छन्। ६ सय ५० मत गणना हुँदा भण्डारीले २ सय २६ मत प्राप्त गर्दा एमालेका सुरेन्द्र पालले १सय ८७ मत प्राप्त गरेका छन् भने काँग्रेसका वीर बहादुर विष्टले १ सय ४७ तथा नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्टले ३४ मत प्राप्त गरेका छन्। 

यसै गरी प्रदेश सभा (ख) तर्फ एमालेले सुरुवाती अग्रता लिएको छ। १०८२ मत गणना हुँदा एमालेका लिला धर भट्टले ६ सय ९ मत ल्याउँदा काँग्रेसका उम्मेदवारले  ३ सय ९९ मत प्राप्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ