arrow

मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
tek-bahadur-gurung-manang.jpg
तस्बिर – फाइल ।

मनाङ । मनाङबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्की नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै टेकबहादुर निर्वाचित भएका हुन् । 

उनले २ हजार ५७७ मत पाउँदा पोल्देनले २ हजार २४७ मत पाएका छन् । उनी मनाङबाट दोस्रोपटक निर्वाचित भएका हुन् । २०७० मा संविधान सभा सदस्य बनेका उनी त्यसबेला श्रम तथा रोजगार राज्यमन्त्रीसमेत भएका थिए ।

२०७४ मा भने यहाँबाट एमालेका गुरुङ विजयी भएका थिए । त्यसबेला एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । तर यसपटक भने माओवादी केन्द्रसँगको गठबन्धनमा कांग्रेसका टेकबहादुरले अघिल्लो पटकको बदला लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ