arrow

मतगणना चलिरहँदा जसपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार गुरुङको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
JasAPA.png

लमजुङ । लमजुङमा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्रबहादुर गुरुङको निधन भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका २, घनपोखरा घिम्राङका ६८ वर्षीय गुरुङको उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो ।

हाल सदरमुकाम बेंसीशहर बस्दै आएका उनी शुक्रबार बिरामी भएपछि जिल्ला अस्पताल लमजुङमा भर्ना भएका थिए । उनलाई उपचारका लागि भरतपुर लगिएको थियो । 

जसपा केन्द्रीय सदस्य खेमजंग गुरुङका अनुसार पार्टीका प्रदेश कमिटी सदस्यसमेत रहेका गुरुङ उच्च रक्तचाप बिरामी थिए । मर्स्याङ्दी गाउँपालिका २ का अध्यक्ष चेतबहादुर गुरुङका अनुसार उनको शवलाई लमजुङ ल्याइएको छ ।

उनले सत्ता गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका थिए । तर जसपाले उम्मेदवार कायमै रहेको जनाएको थियो । 

हाल ४ हजार ८ सय ९८ मतगणना हुँदा उनले ५ मत प्राप्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ