arrow

गोरखा-२ मा प्रचण्डको फराकिलो अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-gorkha-2-maoist-uml-prachanda.jpg

गोरखा। प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राखेका छन्। कूल ८ सय मत गणना हुँदा अध्यक्ष दाहालले पाँच सय १६ मत प्राप्त गरेका छन्।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीले ९१ र नेकपा (एमाले)का उम्मेदवार अब्दुस मियाले ६६ मत प्राप्त गरेका छन्। मतदान सकिएको करिब २७ घण्टापछि मतगणना सुरु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ