arrow

राजनसँग झन् फराकिलो मतान्तर बनाउँदै गगन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-kathmandu-4.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा फराकिलो मतले अगाडि रहेका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डा. राजन भट्टराई भन्दा निरन्तर फराकिलो अन्तर बनाउँदै लगेका छन् । पछिल्लो पटक गगनले २ हजार ४४६ मतले अग्रता लिएका छन् । 

लगातार दोस्रो पटक निर्वाचित भइसकेका गगनले २२ हजार ३८९ मत गणना हुँदा १० हजार २५१ मत पाएका छन् । 

राजनले ७ हजार ८०५ मतमात्रै पाएका छन् । अन्य उम्मेदवारहरुको एकमुष्ट मत ४ हजार ३३३ रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ