arrow

दाङ ३ मा दीपक गिरीको अग्रता कायमै, कोमल वली पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
deepk-komal.jpg

दाङ ।  दाङ  निर्वाचन क्षेत्र नं ३ मा  प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका  उम्मेदवार  नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राखेका छन्  । 

आइतबार सम्पन्न निर्वाचनमा उनले  दुई हजार चारसय ३६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार कोमल वलीले दुई हजार एकसय ४८ मत प्राप्त गरेकी छन् ।  

निर्वाचन अधिकृत डोलनाथ घिमिरेका अनुसार उनीहरुबीच दुई सय ८८ को मतान्तर रहेको छ । अहिलेसम्म छ हजार एक सय ८० मतगणना भएको छ ।

 सो क्षेत्रमा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ३२ मत खसेको  थियो । त्यस्तै प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार कांग्रेसका डिल्ली चौधरीले  तीन हजार मत प्राप्त गरेका छन् गरेका छन् भने एमालेका उम्मेदवार घनश्याम पाण्डेले दुई हजार पाँच सय ६६ मत प्राप्त गरेका छन् ।

छ हजार छ सय ५८ मतगणना हुँदा उनहरुबीचको मतान्तर चार सय २३ रहेको छ । दाङ ३ को १ मा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँचसय ७० मत खसेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ