arrow

अग्रता बढाउँदै दुर्लभ थापा, महेश बस्नेत पछिपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
bhaktapur-2-election.jpg

भक्तपुर ।  भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेको छ । 

पछिल्लो मत परिणामअनुसार थापाले नौ हजार नौ सय ८७ मत प्राप्त गरेका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का महेश बस्नेतलाई नौ सय २५ मतले अग्रता लिएका हुन् ।

पछिल्लो मत परिणामअनुसार एमालेका बस्नेतले नौ हजार २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताए ।

त्यसै गरी नेमकिपाका अनुराधा थापामगर दुई हजार सात सय ६३ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले एक हजार आठ सय १७ मतका साथ चौथो र राप्रपाका मोहन केसी एक हजार ६५ मतका साथ पाँचौँ स्थानमा छन् । 

भक्तपुर २ मा ९१ हजार नौ सय ११ मतमध्ये ६५ हजार नौ सय १९ मत खसेको थियो । सो मध्ये २५ हजार पाँच सय ७२ मत गणना भएको छ । हालसम्म आठ सय २५ मत बदर भएको निर्वाचन अधिकृत पराजुलीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ