arrow

सम्मानित नेता झलनाथ पछि परे, एमाले अघिअघि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
ilam-1-election.jpg

इलाम । इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल खनाल पछि परेका छन् । 

नेकपा एमालेका महेश बस्नेतले अग्रता कायम गरेका छन् । बस्नेतले सत्ता गठबन्धनका उम्मेदवार खनाललाई ७७६ मतले पछाडि पारेका हुन् ।

बिहान ७ :४५ बजे सम्मको मतगणना अनुसार १३ हजार ८१ मत गणना गर्दा महेशले ५ हजार ६२६ मत प्राप्त गरेका छन् भने झलनाथले ४ हजार ८५० मत ल्याएका छन् ।

त्यस्तै बुद्ध लाल मेचेले ६७१ मत ल्याएका छन् । राप्रपाका उम्मेदवार तोयाना शर्मा सापकोटाले ४३४ मत पाएका छन् । यति मध्ये ६५२ मत बदर भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ