arrow

काठमाडौं ९ मा एमालेका श्रेष्ठको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
kathmandu-9.jpg

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र ९ को  मत गणना जारी रहेको छ ।  पछिल्लो मतपरिणाम अनुसार  नेपाल कम्युनिष्ट पार्टी (एमाले)कृष्ण गोपाल श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अग्रस्थानमा छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले सात हजार सात सय ७४ मत प्राप्त गरेका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की कल्पना धमलाले चार हजार आठ सय ३२ मत प्राप्त गरेका छन् । 

निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार पछिल्लो मतगणनासम्म ३१ हजार सात सय ७२ मत गणना भएको छ । सो मध्ये  एक हजार तीन सय आठ मत बदर भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ