गोरखा २ : प्रचण्डको फराकिलो अग्रता, एमालेका मिया तेस्रो स्थानमा
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
835
Shares
पोखरा । गोरखा निर्वाचन क्षेत्र नं. २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो अग्रता कायम गरेका छन् ।
कूल ८५ सय ४० मतगणना हुँदा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ४८ सय ३२ मत पाएका छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १४ सय २४ मतका साथ पच्छ्याइरहेका छन् ।
यसैगरी नेकपा (एमाले) का अब्दुस मिया ११ सय ७६ मतका साथ तेस्रो स्थानमा छन् ।