arrow

नुवाकोट २ मा अजुर्ननरसिंह केसी दोब्बर मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
electon-nuwakot-2-congress-uml.jpg

नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले अग्रता कायम गरेका छन् ।  तीन हजार आठ सय ६० मत गणना हुँदा कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले दुई हजार ७६ मत प्राप्त गरेका छन् । 

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले नौ सय ५५ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले सात सय पाँच मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

उनको अनुसार उक्त क्षेत्रको प्रदेश–१ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गानाले दुई हजार दुई सय ५६ मत ल्याएर अग्रता कायमै राखेका छन् भने एमालेका उम्मेदवार केशवराज पाण्डेको एक हजार ४३ मत र उम्मेदवारी निष्क्रिय बनाए पनि कांग्रेसका गीता अमात्यले चार सय २९ मत प्राप्त भएको छ । 

जारी रहेको मतगणना निरन्तर अघि बढाइने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ