- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चितवन क्षेत्र नं १ मा घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । रास्वपाका उम्मेदवार हरि ढकालले अग्रता लिएका हुन् ।
ढकालले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई १ हजार २१३ मतले पछि पारेका छन् ।
चितवन क्षेत्र नं १ मा हालसम्म १४ हजार २ सय ८४ मत गणना हुँदा ढकालले ५ हजार ९८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याएका कांग्रेसका उम्मेदवार पौडेलले ३ हजार ८८५ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ३ हजार ८८४ मत प्राप्त गरेका छन् । राप्रपाका मधुप कुमार भट्टराई ले ४७६ मत लिएका छन् । गणना भएको मतमा हालसम्म ५१३ मत बदर भएको छ ।