लन्डन । बेलायतका पूर्व प्रधानमन्त्री डेविड क्यामरुनले राजनीतिबाट टाढा जान चाहेको बताएका छन् । उनले सांसद पदबाटसमेत राजीनामा दिँदै राजनीतिबाट टाढा जान चाहेको संकेत नै गरेका हुन् ।
योसंगै उनले सन् २०१८ मा हुने प्रधानमन्त्रीको निर्वाचनका साथै सांसदको निर्वाचनमासमेत भाग नलिने बुझिएको छ ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएको करिब दुई महिनापछि उनले सांसद पदबाटसमेत राजीनामा दिएर विश्वजगत्लाई नै आश्चर्यमा पारेका हुन् ।
बेलायत युरोपेली युनियनमा रहने कि नरहने भन्नेबारेको जनमत संग्रहमा आफू प्रतिकुल नतिजा सार्वजनिक भएलगत्तै उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
सक्रिए राजनीतिबाट टाढिएका क्यामरुन घुमघाममा व्यस्त छन् ।
त्यस्तै परिवारलाईसमेत समय दिएका छन् भने साथीभाइसंगको हाँसिमजाक फराकिलो भएको बेलायती संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।