arrow

'बहकिने मन,' महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
mahabir-bishwakarma-death.jpg

काठमाडौं । लाखौं नेपालीको मनका ढुकढुकी लोकप्रिय रेडियो कार्यक्रम 'बहकिने मन'का प्रस्तोता एवं सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ।

चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले दिएको जानकारी अनुसार चितवनको राप्ती नगरपालिका–६ हर्दीमा भएको माइक्रोबस दुर्घटनामा परी ३५ वर्षीय विश्वकर्माको निधन भएको हो ।

चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौं फर्कदै गर्दा आज बिहान साढे ५ बजे उनी चढेको माइक्रोबस दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी घाइते भएका विश्वकर्मालाई अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको बताइएको छ ।

बा ४ ख ४१२ नम्बरको उक्त माइक्रो रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको र  दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् ।

अहिले उनको शव भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पोष्टमार्टमका लागि राखिएको डिएसपी पण्डितले बताए । विश्वकर्मा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जात व्यवस्था उन्मुलन मोर्चा नेपालका सचिवसमेत रहेका थिए ।



नयाँ