arrow

यस्तो छ प्रतिनिधि सभा निर्वाचनमा प्रदेश १ को अवस्था

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
pradesh-province-1.jpg

मोरङ । मोरङ ४ मा माओवादी केन्द्रका नेता अमनलाल मोदीले मतअन्तर फराकिलो बनाएका छन् । मोदीले ५ हजार ७९२ मत ल्याउँदा एमालेका विनोद प्रसाद ढकालले ४ हजार १४९ मत ल्याएर दोस्रो स्थानमा छन् ।

मोरङ ५ मा भने स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डल ३ हजार ६९३ मतका साथ अग्रस्थानमा छन् । उनलाई जसपाका राजकुमार यादवले टक्कटर दिइरहेका छन् । यादवले ३ हजार २९४ मत ल्याएका छन् भने माओवादी केन्द्रका शिवकुमार मण्डलले ३ हजार १२२ मत ल्याएका छन् ।

मोरङको ६ नम्बर क्षेत्रमा भने काँग्रेस नेता डाक्टर शेखर कोइरालाले अग्रता लिएका छन् । कोइरालाले १ हजार ७७७ मत ल्याउँदा उनका प्रतिस्पर्धि एमालेका लालबाबु पण्डितले १ हजार ६३२ मत ल्याएका छन् ।

सुनसरीको क्षेत्र नम्बर १ मा भने राप्रपाका अशोक कुमार राई अगाडि छन् । उनले ७१५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ६९३ मत ल्याएका छन् ।

सुनसरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापा ८९४ मतसहित पहिलो स्थानमा छन् । उनलाई काँग्रेसका सिताराम महतोले पछ्याइरहेका छन् । महतोले ७०५ मत ल्याएका छन् ।

यता, खोटाङमा भने माओवादीका रामकुमार राईले एमालेका विशाल भट्टराईलाई थोरै मतले पछि पारेका छन् । राईले १ हजार ४ मत ल्याउँदा भट्टराईले १ हजार १ मत पाएका छन् ।

यस्तै ओखलढुंगामा भने नेपाली कांग्रेसका रामहरि खतिवडा अगाडि देखिएका छन् । उनले ३ हजार ७५८ मत ल्याउँदा एमालेका यज्ञराज सुनुवारले ३ हजार २६ मत ल्याएका छन् ।

उदयपुर १ नम्बर क्षेत्रमा पनि कांग्रेसका नेता डाक्टर नारायण खड्का अगाडि छन् । खड्काले १ हजार २५५ मत ल्याउँदा एमालेकी मन्जुकुमारी चौधरीले १ हजार २२२ मत ल्याएर दोस्रो स्थानमा छिन् ।

उदयपुर २ मा भने एमालेका अम्बरबहादुर रायमाझी ५ हजार ९४ मतका साथ अग्रस्थानमा हुँदा नेकपा ९एकीकृत समाजवादी०का जगन्नाथ खतिवडा ४ हजार ३२१ मतका साथ दोस्रो स्थानमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ