arrow

तनहुँमा रामचन्द्र पौडेल र शंकर भण्डारीको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
Ramchandra-shankar.jpg

तनहुँ । तनहुँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अग्रता कायमै छ । 

हालसम्म ४४ सय ८५ मत गन्दा सत्ता गठवन्धनका साझा उम्मेद्वार पौडेलले १७ सय ६२ मत प्राप्त गरेका छन् । 

उनलाई नेकपा एमालेका एकबहादुर रानाले पच्छ्याइरहेका छन् । उनले १३ सय १ मत प्राप्त गरेका छन् । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ३७० र स्वतन्त्र उम्मेद्वार गोविन्दराज जोशीले २५२ मत प्राप्त गरेका छन् । 

यता, तनहुँ-२ मा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शंकर भण्डारीले फराकिलो अग्रता लिएका छन् । 

कूल ३३ हजार ५२५ मत गणनामा भण्डारीले १५ हजार २७७ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले १२ हजार ५८९ मतका साथ पच्छ्याइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ