arrow

शेरधन पछि परे, सुदनले लिए अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
bhojpur-election.jpg

भोजपुर । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई भोजपुरको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पछि परेका छन् । 

जारी मत गणनामा गठबन्धनका साझा उम्मेदवार सुदन किरातीले अग्रता लिएका छन्  ।     

हालसम्म तीन हजार एक सय २४ मत गणना हुँदा उनले एक हजार पाँच सय ४१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार शेरधनले एक हजार ८५ मत प्राप्त गरेका छन् ।   
 
भोजपुर प्रदेशसभा ९१० मा गठबन्धनका साझा उम्मेदवार राजेन्द्रकुमार राईले सात सय छ मतले अघि देखिएका छन् ।
 
 तीन हजार नौ सय २८ मत गनिसक्दा राई दुई हजार ४४ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का हरिबहादुर राईले एक हजार तीन सय ३८ मत प्राप्त गरेका छन् । 

जिल्लामा एक लाख २३ हजार तीन सय ७९ कूल मतदाता रहेकोमा ६२ हजार एक सय ८२ मत खसेको थियो । जुन ५० दशमलव ३९ प्रतिशत हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ