- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी २० हजार २ सय ३४ मत सहित पहिलो स्थानमा रहेका छन् । बलियो मतान्तरसहित अगाडि रहेका गंगाराम चौधरीको जित लगभग पक्का जस्तो देखिएको छ ।
५५ हजार ४ सय २ मत गणना गर्दा माओवादीका कृष्णकुमार चौधरीले १४ हजार ९ सय ४६ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
राप्रपाका वीरेन्द्र बलमेले ६ हजार ६ सय २९ र एमालेका गौरीशंकर चौधरीले ८ हजार २ सय ६९ मत पाएका छन् ।