arrow

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही जित्ने तरखरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-jumla-rpp-maoist.jpg

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले बलियो मतान्तरका साथ अग्रता कायम राखेका छन् । पछिल्लो गणना जानकारी अनुसार १० हजार मतगणना हुँदा राप्रपाका शाहीले ५ हजार ५ सय ६९ मत प्राप्त गरेका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले २ हजार ३६० मत पाएकी छन् । एमालेका रतननाथ योगीले १ हजार २ सय ९६ र नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले २ सय २२ मत पाएका छन् ।

बलियो मतान्तरसहित अघि रहेका ज्ञानेन्द्रले आफ्नो जित्ने सम्भावना देखाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ