arrow

काठमाडौं ३ को प्रदेशसभामा कांग्रेसका लामा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । काठमाडौं जिल्ला क्षेत्र नं ३ को प्रदेश-क मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी भएका छन् । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का चन्द्रमान लामाले तीन हजार चार सय १५ मत पाएका छन् । 

कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका काठमाडौं महानगरपालिका-६ का पूर्वध्यक्ष दीपेन्द्र लामाले दुई हजार नौ सय ३३ मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चुण्डी लामाले दुई हजार दुई सय ७६ मत पाए । निर्वाचित लामा यसअघि २०७४ सालको निर्वाचनमा पनि प्रदेशसभा सदस्य पदमा विजयी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ