arrow

सीके राउत उपेन्द्र यादव भन्दा साढे सात हजार मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-saptari-2.jpg

सप्तरी । सप्तरी २ मा शुरुवात देखि नै अग्रता कायम गरेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत त्यही रफ्तारमा गइरहेका छन् । डा सीके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणामअनुसार जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवभन्दा दोब्बर बढी मतले राउत अगाडि रहेका छन् । 

मतगणनामा उम्मेदवार राउतले १५ हजार ३४ मत प्राप्त गर्दा यादवले भने ७ हजार चार सय ४५ मत प्राप्त गरेका छन् । राउतको ७ हजार पाँच सय ८९ मत बढी छ । 

तेस्रो स्थानमा रहेका सत्तारूढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले भने तीन हजार ६० मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ