arrow

सीके राउतको जनमत पार्टीले प्रदेशमा खोल्यो खाता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
ck-raut-party.jpg

जनकपुरधाम । सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले प्रदेशसभा तर्फ मधेस प्रदेशमा खाता खोलेको छ । सप्तरीको निर्वाचन क्षेत्र नं. २ को ‘ख’ मा जनमतका उम्मेदवार महेश प्रसाद यादव निर्वाचित भएका छन् । 

महेश १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश कुमार यादव ७ हजार २३ मत ल्याएका छन् ।

यस्तै, ‘क’ मा पनि जनमतकै सतिश कुमार सिंह निर्वाचित भएका छन् । उनलाई निर्वाचित भएको औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको छ । सप्तरी–२ को ‘क’ मा ४९ हजार ९१८ मतदाता रहेकोमा ३४ हजार ६७८ जनाले मतदान गरेका थिए । 

हालसम्म २८ हजार ३६९ सदर मतको गणना हुँदा सिंहले ७ हजार ५७३ मतको अग्रता लिएका छन् । यहाँ जनमतका सतिशले १४ हजार ३२२ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका शैलेन्द्र प्रसाद साह ६ हजार ७४९ मतसहित दोस्रो स्थानमा रहेका छन् ।

अब गणना गर्न रहेको सबै मत साहलाई खसेको भए पनि सिंहको जित निश्चित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ