arrow

दार्चुला मन्त्री बडू अगाडि, ठगुन्ना ४४२ मतले पछाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-darchula-congress-uml.jpg

काठमाडौं । दार्चुलाको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्र प्रसाद बडूको ४४२ मतले अगाडि रहेका छन् । 

एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा प्रतिनिधिसभा निर्वाचनको ८ हजार ८३१ मत गणना हुँदा नेपाली कांग्रेसका गठबन्धनका उम्मेदवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूको अग्रता कायमै रहेको छ ।

९ स्थानीय तह रहेको दार्चुलामा ब्यास र अपिहिमाल गाउँपालिकाको मतगणना सकिँदा गठबन्धनका उम्मेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बडूले ४ हजार ५ सय १६ मत पाएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नाले ४ हजार ७४ मत पाएको छ । राप्रपाका नरेन्द्र सिंह धामीले ५४, विश्वराम दुवालले १३ मत पाएका छन् । 

८९ हजार १५४ मतदाता रहेको दार्चुलामा ५८ हजार ५८ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ