arrow

पाँचथरमा नेम्वाङ अघि, आङदेम्बे पछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
panchtar-aangdembey.jpg

पाँचथर । पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वे पछाडि परेका छन् । 

प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत पाँचथर क्षेत्र नं १ मा एमालेका वसन्तकुमार नेम्वाङसँग कांग्रेस उम्मेदवार आङदेम्बे पछि परेका हुन्।

पछिल्लो मतगणना अनुसार नेम्वाङले आङदेम्वेलाई १३ मतले पछि पारेका हुन् । 

एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङ २७ सय मत ल्याई अग्रस्थानमा छन् । कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वे २६८७ मतका साथ दोस्रो स्थानमा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ