arrow

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीबाट खाता खोल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-kailali-3-maoist.jpg

धनगढी । रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका लागि खाता खोलेको छ । कैलाली ३ बाट गंगा चौधरी विजयी हुँदै उन्मुक्ति पार्टीका तर्फबाट खाता खोल्दै प्रतिनिधि सभामा पहिलोपटक स्थान कायम गरेको छ । 

चौधरी २३,१२० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुन्दन चौधरीले १७,७४९मा सीमित हुन पुगेका छन् । 

एमालेका गौरीशंकर चौधरीले ९,८७४ मतसहित तेस्रो स्थानमा सीमित भएका छन । उक्त क्षेत्रमा ६३,४४० मत खसेको थियो भने ४०२१ मत बदर भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ