arrow

अर्घाखाँचीमा पुष्पा भन्दा टोपबहादुर अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
topbahadur1.jpg

काठमाडौं । अर्घाखाँचीबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुषाल पछाडि छिन् । नेकपा एमालेका टोपबहादुर रायमाझी अगाडि छन् । 

२८,७६७ मत गणना हुँदा रायमाझीले १४ हजार ४३३ मत पाएका छन् । भुषालले १२ हजार २८५ मत पाएका छन् । मतान्तर २ हजार १४८ मतको रहेको छ । 

मालारानी गाउँपालिका र भूमिकास्थानको मत गणना सम्पन्न भएको छ । तत्कालीन नेकपामा विभाजन हुँदा माओवादी केन्द्र छाडेर एमालेकै समूहमा बस्दा सांसद पद गुमाएका रायमाझी एमालेका सचिवसमेत हुन् । 

भुषाल निवर्तमान उपसभामुख हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ