arrow

सीके राउत ८ हजार मतले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-saptari-2.jpg

सप्तरी । सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत १६ हजार ७३ मतका साथ पहिलो स्थानमा रहेका छन् । 

शुरुवात देखि नै अग्रता कायम गरेका अध्यक्ष डा राउतले हाल सम्म ८ हजार १५९ मतान्तर कायम गरेका छन् ।

उनका प्रतिस्पर्धी जसपाका अध्यक्ष उपेन्द्र यादव दोब्बरभन्दा बढी मतले पछि परेका छन् । 

पछिल्लो मत परिणामअनुसार उम्मेदवार राउतको १६ हजार ७३ मत छ भने यादवले ७ हजार ९१४ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका सत्तारूढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले तीन हजार ३६० मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ