arrow

सीके राउतका उम्मेदवारले हराए मधेस सरकारका अर्थमन्त्रीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
ck-lal-canided.jpg

काठमाडौं । मधेस सरकारका अर्थमन्त्रीलाई हराउँदै सीके राउतको जनतम पार्टीका उम्मेदवारले दोस्रो जित हासिल गरेका छन् । 

प्रदेशसभाको निर्वाचनमा मधेस सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई जनतम पार्टीका उम्मेदवार सतिश कुमार सिंहले पराजित गरेका हुन् । 

जनमत पार्टीका सतिश कुमार सिंह सप्तरी २ को ‘क’ बाट निर्वाचित भएका छन् । सिंहले जनता समाजवादी पार्टीका उम्मेदवार साहलाई ८ हजार ४४२ मतान्तरले पराजित गरेका छन् । 

सिंहले १६ हजार ७३४ मत ल्याएका छन् । भने साहले ८ हजार २९२ मत ल्याएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ