arrow

तनहुँ २ मा ४१ हजार मतगणना सकियो, शंकर भण्डारी अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
tanahu-2.jpg

दमौली ।  तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४१ हजार छ सय ४९ मतगणना सकिएको छ । पछिल्लो सार्वजनिक नतिजाअनुसार कूल खसेको ६८ हजार दुई सय ७१ मध्ये ४१ हजार छ सय ४९ मतगणना सकिएको हो । 

सार्वजनिक परिणामअनुसार वाम-लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका शंकर भण्डारीले १९ हजार दुई सय ३५ मत प्राप्त गरेका छन् ।

प्रतिस्पर्धी नेकपा (एमाले) का किरण गुरुङले १५ हजार छ सय ९५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले दुई हजार सात सय ५१, राप्रपाका नरेन्द्रप्रताप महतले छ सय ३० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा-१ तर्फ नेकपा (माओवादी) केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले छ हजार छ सय ३७ मत प्राप्त गर्दा नेकपा (एमाले)का श्यामराजा महतले पाँच हजार नौ सय १९ मत प्राप्त गरेका छन्प्रदेशसभा-२ तर्फ नेपाली कांग्रेसका जितप्रकाश आलेले छ हजार तीन सय ५५ मत प्राप्त गर्दा नेकपा (एमाले)का केदार सिग्देलले छ हजार एक सय १३ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ