arrow

डिनालाई भेट्न कमल थापालाई हम्मेहम्मे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
electoin-makwanpur-1-congress-uml.jpg

काठमाडौं । प्रतिनिधिसभा तर्फको मकवानपुर निर्वाचन क्षत्रे नम्बर–१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायम गरेकी छिन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई २ हजार ४७२ मतले पछि पारेकी छिन् ।

सो क्षेत्रमा कुल १६ हजार ८४९ मत गन्दा डिनाले ७ हजार ५८० मत पाएकी छिन् भने थापाले ५ हजार १०८ मत ल्याएका छन् ।

त्यस्तै राप्रपाका दीपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । उनले २ हजार ३७७ मतसहित थापालाई पछ्याइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ