- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका बिरोध खतिवडा एमालेका उम्मेदवार महेश बर्तौलासँग मतान्तर कम गर्ने कसरतमा छन् ।
एमालेका उम्मेदवार बर्तौलाले अग्रता कायम राख्दा खतिवडा उनलाई पछ्याइरहेका छन् । बर्तौलाले २२४ को मतान्तर बनाउँदा खतिवडा त्यसलाई कम गर्न सङ्घर्ष गरिरहेका छन् ।
यस अघि खतिवडा बर्तौलासंग ३४१ मत पछि परेका थिए । कुल १८ हजार २९५ मत गणना हुँदा खतिवडाले ६ हजार ९४६ मत पाएका छन् भने एमालेका बर्तौलाले ७ हजार १७० मत ल्याएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले २ हजार ४२९ मत ल्याएका छन् ।