arrow

समानुपातिकमा एमालेले लाख मत कटायो, कांग्रेस पछाडि, स्वतन्त्र पार्टी तेस्रो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
samanupatik-111.jpg

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ । हिजोसम्म नेपाली कांग्रेसले अग्रता लिएकामा आजबाट एमाले अगाडि लागेको हो । 

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ १ लाख ३ हजार ७६८ मत पाएको छ । दोस्रो स्थानमा झरेको कांग्रेसले ८८ हजार ४४४ मत ल्याएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी ४६ हजार ६७८ मतसहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्रले ३८ हजार ८७७ मतसहित चौथो स्थान ओगटेको छ  । 

राप्रपा २६ हजार ३७८ मतसहित पाँचौं, जसपा ८ हजार १५४ मतसहित छैटौं तथा जनमत पार्टी ७ हजार ६८१ मतसहित सातौं स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी ५ हजार ५६२ मतसहित आठौं, नेमकिपा ५ हजार ४३६ मतसहित नवौं तथा नेकपा एस ५ हजार २१४ मतसहित दशौं स्थानमा छ । 

प्रदेशतर्फ प्रदेश १ मा एमाले, मधेसमा कांग्रेस, बागमतीमा कांग्रेस, गण्डकीमा एमाले, लुम्बिनीमा एमाले र कर्णालीमा माओवादी अगाडि छ । सुदूरपश्चिमको तथ्यांक आइसकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ