arrow

पहिले प्रतिनिधि सभाको मत गन्न थालियो ताप्लेजुङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
ballet-taplejung-2079-07-06.jpg

ताप्लेजुङ । ताप्लेजुङमा मतगणना शुरु गरिएको छ । जिल्लाका दुर्गम एवं विकट क्षेत्रका मतपेटिका आइपुगेसँगै सर्वदलीय बैठकपछि केहिबेर अघिदेखि मतगणना शुरु गरिएको हो । 

मुख्य निर्वाचन अधिकृतको  कार्यालयमा  प्रतिनिधिसभातर्फको मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिए । उनका अनुसार पहिला प्रतिनिधि सभातर्फको गणना सकिएपछि प्रदेशसभातर्फको गणना शुरु गरिने छ । 

जिल्लाका  दुर्गम तथा हिमाली भेगका मतपेटिका आज बिहान मात्र सदरमुकाम ल्याइपुर्याइएको थियो । फाक्ताङलुङ  गाउँपालिकामा पर्ने याङमा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका मतपेटिका पैदल र सवारीसाधनमा हुँदै आज बिहान मात्र ल्याइपुर्याइएको थियो ।

यहाँ कुल ८८ हजार दुई सय ८५ मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच छन् । दुई वटा अस्थायीसहित एक सय २५ वटा मतदान केन्द्रबाट ४८ हजार तीन सय ५५ जना मतदाताले मतदान गरेको बताइएको छ । 

प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका योगेशकुमार भट्टराई र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकी परागबीच मुख्य प्रतिस्पर्धा छ । 

भट्टराई यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका केशव दाहाललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । बुढाथोकी भने पहिलो पटक गठबन्धनका तर्फबाट निर्वाचनमा होमिएका छन् । 

यस्तै प्रदेशसभा क्षेत्र १ मा एमालेका तिलकुमार मेन्याङ्बो र गठबन्धका तर्फबाट नेकपा एकीकृत समाजवादीका खेमबहादुर वनेमबीच प्रतिस्पर्धा छ । 

यता प्रदशसभा क्षेत्र २ भने एमालेका गोपाल थोप्रा र गठबन्धनबाट कांग्रेसका खगेनसिं हाङ्गामबीच प्रतिस्पर्धा छ । प्रतिनिधिसभा र प्रदेशसभामा गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ