arrow

समानुपातिकमा कांग्रेसले पनि लाख मत कटायो, स्वतन्त्र पार्टीको आधा लाख बढी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
samanupatik-11111.jpg

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले तीव्र गतिमा मत बटुलिरहेको छ । 

एमालेले १ लाख २४ हजार ३५४ मत पाएको छ । दोस्रो स्थानमा झरेको कांग्रेसले १ लाख ५ हजार ६६६ मत ल्याएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी ५४ हजार ३१४ मतसहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्रले ४७ हजार ६४९ मतसहित चौथो स्थान ओगटेको छ  । 

राप्रपा २९ हजार ४८६ मतसहित पाँचौं, जसपा ९ हजार ३७७ मतसहित छैटौं तथा जनमत पार्टी ८ हजार ७३७ मतसहित सातौं स्थानमा छ । 

नेमकिपा ७ हजार ८२ मतसहित आठौं, नागरिक उन्मुक्ति पार्टी ६ हजार ४२२ मतसहित नवौं, नेकपा एस ५ हजार ९०२ मतसहित दशौं स्थानमा छ । 

अन्य दलहरुले जम्मा २४ हजार २७३ मत पाएका छन् । 

प्रदेशतर्फ प्रदेश १ मा एमाले, मधेसमा कांग्रेस, बागमतीमा कांग्रेस, गण्डकीमा एमाले, लुम्बिनीमा एमाले र कर्णालीमा माओवादी अगाडि छ । सुदूरपश्चिमको तथ्यांक आइसकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ