arrow

दार्चुलामा गठबन्धनकै अग्रता 

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-darchula-congress-uml.jpg

दार्चुला । दार्चुलामा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । सोमबार राति ९ बजेपछि गणना शुरु गरिएको मतगणना कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

हालसम्म गणना भएको मतपरिणाम अनुसार प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवारहरुले अग्रता कायम राखेका छन् । प्रतिनिधि सभामा गठबन्धनका साझा उम्मेदवार दिलेन्द्रप्रसाद बडूले १३ हजार ७ सय ५० मत गणना हुँदा ६ हजार ६ सय ४६ मत प्राप्त गर्दै ७३ मतले अग्रता लिइरहेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश सिंह ठगुन्नाले ६ हजार ५ सय ७३ मत प्राप्त गरेका छन् । 

प्रतिनिधि सभातर्फ जिल्लाको अपि हिमाल, शैल्यशिखर नगरपालिकाको वडा नम्बर १,२,३,४,५ तथा वडा नम्बर ६ को क र ख बुथको गणना सकिएको छ भने वडा नम्बर ६ को मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका रामदत्त जोशीले अग्रता लिइरहेका छन् । १८ हजार ४ सय ४० मत गणना हुँदा जोशीले ८ हजार ८ सय २९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेता तथा वाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामीले ८ हजार ७ सय १८ मत प्राप्त गरेका छन् । 

एमालेका जोशीले १ सय ११ मतले अग्रता लिइरहेका छन् । यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ मा १५ हजार ९७७ मत गणना हुँदा नेपाली कांग्रेसका नेता एवं गठबन्धनका साझा उम्मेदवार बिक्रम सिंह धामीले ८ हजार १३१ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरदेव जोशीले ६ हजार ८ सय ५२ मत प्राप्त गरेका छन् । गठबन्धनका साझा उम्मेदवार धामीले १ हजार २ सय ७९ मतले अग्रता लिइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ