arrow

प्रदीप पौडेलको जित निश्चितः गन्न बाँकी तीन हजार ७७९ मत, ईश्वरसँगको मतान्तर चार हजार ६११ मतको 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-2079-pradip-ishwor.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी हुने निश्चित भएको छ । उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै विजय हासिल गर्ने निश्चित भएको हो । 

३ हजार ७७९ मत गन्न बाँकी हुँदा पौडेलले ४ हजार ६११ मतको मतान्तर बनाएका छन् । हालसम्म ४५ हजार ९८७ मतमध्ये ४२ हजार २०८ मत गणना सकिइसकेको छ । जसमा पौडेलले १४ हजार ७७ मत प्राप्त गरेका छन् भने पोखरेलले जम्मा ९ हजार ४६६ मत प्राप्त गरेका छन् । 

अघिल्लो निर्वाचनमा पोखरेल सो क्षेत्रमा विजयी भएका थिए । उनले कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ