arrow

जुम्लामा ज्ञानेन्द्र शाही चार हजार मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-jumla-rpp-maoist.jpg

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले ७ हजार ९ सय ५९ मतसहित अग्रता बनाएका छन् ।

१४ हजार ८ सय ३ मत गणना गर्दा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी गोमा कुँवरले ३ हजार ५ सय ८३ मत पाएकी छिन् ।

यस्तै एमालेका रतननाथ योगीले १ हजार ८ सय २ मत पाएका छन् । 

नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ४ सय ४८ र उम्मेदवारी निष्क्रिय बनाएका माओवादीका बागी डाक्टर कलबहादुर रोकायाले १ सय ६८ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ