- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल एमालेका नेता महेश बस्नेतसँग पछाडि परेका छन् । इलाम १ बाट गठबन्धनको साझा उम्मेदवार बनेका खनाल राति ८ बजेसम्मको मतगणना अनुसार करिब १५ सय मतले पछाडि छन् ।
गणनाको शुरुदेखि नै पछि परेका खनाल विगतमा आफ्नै कार्यकर्ता रहेका महेश बस्नेतसँग प्रतिस्पर्धामा रहँदा उनलाई जित निकाल्न कठिन भैरहेको छ । इलाम नगरपालिकाका पूर्व मेयरसमेत रहेका एमाले इलामका अध्यक्ष महेश बस्नेत १० हजार २८७ मतसहित अग्रस्थानमा छन् भने खनाल ८ हजार ७८० मतसहित दोस्रो स्थानमा रहेका छन् । बस्नेतले मतान्तरण बढाउदै लगेपछि खनाललाई कठिन भएको हो ।