arrow

प्रमुख प्रतिपक्षका दोस्रो ठूलो नेतालाई हराउँदै प्रदीप पौडेल बने सांसद 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
pradip-poudel-winner-kathmandu-5.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल प्रतिनिधि सभा सांसद बनेका छन् । २०७४ सालको निर्वाचनमा तनहुँबाट प्रदेश सभाको निर्वाचनमा पराजित भएका प्रदीप यसपालि काठमाडौं ५ बाट प्रमुख प्रतिपक्ष दलका सबैभन्दा ठूला मध्ये दोस्रो भेट्रान नेता एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराउँदै निर्वाचित भएका हुन् । 

प्रदीपले पाँच हजार ६५ मतको फराकिलो अन्तरले जित हासिल गरेका हुन् । खसेको ४५ हजार ९८७ मतमध्ये प्रदीपले १५ हजार २३७ मत ल्याए ।

ईश्वरले भने १० हजार १७२ मतमात्रै ल्याए । यो जित सत्ताधारी कांग्रेसका लागि सबैभन्दा ठूलो जित हो । 

यसअर्थमा कि प्रदीपलाई तनहुँमा उम्मेदवारी नदिएर समीकरण मिलाउनका लागि काठमाडौं ५ दिइएको थियो । तर उनका आफ्ना सशक्त एजेन्डाका कारण उनले जिति छाडे । 

२०७४ को निर्वाचनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई भारी मतले हराएका ईश्वर यसपालि भने कमजोर सावित भए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ