arrow

पूर्व सभामुखलाई चौथोमा धकेल्दै काठमाडौं २ मा सोबिताको सनसनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-kathmandu-2-rsp-rpp-uml.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले सनसनी मच्याएकी छिन् । स्थानीयमा पकड भएका एमाले उम्मेदवार मणिराम फुयाँल र नेकपा माओवादी केन्द्रकी प्रभावशाली नेतृ एवं पूर्व सभामुख ओनसरी घर्तीलाई पछाडि पार्दै सोबिताले सनसनी मच्याएकी हुन् । 

उनीे १० हजार ८६१ मतका साथ अग्रस्थानमा रहेकी छिन् । उनलाई एमालेका फुयाँलले ८ हजार ४०३ मतसहित पछ्याइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तीदेवी पोखरेलले ६ हजार ७६९ पाएकी छिन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी माओवादी नेतृ ओनसरी घर्ती भने चौथो स्थानमा छिन् । 

पूर्व सभामुखसमेत रहेकी घर्तीले ६ हजार १६४ मत पाएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ