arrow

मोहन आचार्य लगातार दोस्रो पटक रसुवाबाट निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
mohan-acharya-rasuwa-mp.jpg
तस्बिर – फाइल ।

रसुवा । रसुवाबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्य निर्वाचित भएका छन् । आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गरेका हुन् ।

आचार्यले १८ हजार २३५ मत ल्याउँदा एमालेका तामाङले ८ हजार ६१४ मत ल्याएका छन् । मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद देवकोटाले ७५ मत पाएका छन् ।

इञ्जिनियर आचार्य लगातार दोस्रो पटक रसुवाबाट सांसदमा निर्वाचित भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ